रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण « Khabarhub

रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले एक पत्रकार सम्मेलनको आयोजना गरी सो विवरण सार्वजनिक गरेका हुन् । 

उनले सार्वजनिक गरेको विवरण अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ । 

यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिइएको छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानको प्रक्रियालाई जारी राखेको गृहमन्त्री लेखीले बताए । 

यो पनि पढ्नुहोस् :

रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै

बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ । जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ । अहिलेसम्म ८ जनाविरुद्ध जाहेरी परेको छ । प्रतिवेदन अनुसार रिंकुको बलात्कारपछि हत्या गरिएको थियो ।

रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यो भन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो ।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकुकुमारी २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ ।

बलात्कारको विषय बाहिर आएपछि मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै गठन गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १९ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका