राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण  « Khabarhub

राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण भएको छ ।
 
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले याक एण्ड यति होटलमा पुस्तकको लोकार्पण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रसहित नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका राजेशकाजी श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।

इश्वरलाल प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक बद्री प्रसाद कोइरालाले लेखेका हुन् । शिशिर सापकोटा सम्पादक रहेको पुस्तकको संयोजक उज्वलजंग शाह छन् । 

प्रथम संस्करणको पुस्तकको एक हजार प्रति छापिएको छ भने प्रतिगोटा ५०० रुपैयाँ मूल्य राखिएको छ । २०५८ पृष्ठको पुस्तकमा ५ खण्डहरु रहेका छन् । 

पुस्तकमा राजेशकाजी श्रेष्ठको जन्मेदेखी राज्यमन्त्री हुँदासम्मको सन्दर्भ समावेश गरिएको छ । श्रेष्ठले चेम्बर अफ कर्मसमा बसेर गरेको योगदान, राज्यमन्त्री हुँदा गरेर काम देखि देश विदेशमा गएर गएर गरेको कामको बारेमा पुस्तकमा चर्चा गरिएको छ । 

पुस्तकमा पहिलो खण्डमा श्रेष्ठको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा विश्वमा चेम्बर आफ कमर्सको उत्पत्ति र विकासक्रमको बारेमा चर्चा गरिएको छ । 

तेस्रो खण्डमा नेपालको चेम्बरमा श्रेष्ठको योगदानको विषयमा चर्चा गरिएको छ भने चौथो खण्डमा श्रेष्ठले नेपाल चेम्बरसँग सम्बन्धित गरेको भाषणहरूको सङ्ग्रह रहेको छ । 

पुस्तको अन्तिम पाँचौँ खण्डमा भने श्रेष्ठको प्रमुख गतिविधिहरूको तस्बिरको सँगालो रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २३ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६