विद्यार्थीले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले « Khabarhub

वुक फ्री फ्राइडे नतिजामुखी बन्दै 

विद्यार्थीले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले

उपप्रमुख डंगोलबाट विद्यार्थीहरूलाई प्रोत्साहन 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । 

यो विद्यालय काठमाडौं महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (बाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् । 

विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लास्टिक, रबर, खाना प्याकिङ गर्ने खोल सुख्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ । 

शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विद्यार्थीहरूको फोहर विक्री गर्ने अभ्यास अवलोकन गरिन् । यस क्रममा उनले विद्यार्थीहरूलाई फोहर कहाँबाट प्राप्त गर्छन् ? प्राप्त भएको फोहर कसरी बर्गीकरण गर्छन् ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के के गर्छन्? जस्ता प्रश्न सोधेर व्यवहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन्  । उपप्रमुखले अबको योजना के छ? भनेर सोधेको प्रश्नमा विद्यार्थीहरूले, फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना सुनाए ।

उनीहरूले उपप्रमुखकै अगाडि धरमनाथ जैसवाललाई फोहर विक्री गरे । यसबाट प्राप्त भएको रकम ग्रहण गरे । 

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको यो प्रयासको प्रशंसा गर्दै उपप्रमुख डंगोलले, थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन् । 

‘यो प्रयास सिकाइ योग्य छ ।’ उनले भनिन्, ‘विद्यालयमा सिकेको कुरा घरमा पनि प्रयोग गर्नु । यो सिकाइ आमाबाबालाई पनि सुनाउनु है ।’ बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । यसकारण विद्यालय उमेरका बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्व बोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताइन् । 

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले, फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनः भरणको कार्यक्रम कार्यान्वयन गरिने बताए । 
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ११ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका