पाथीभरा केबलकार विवाद : आन्दोलित पक्षलाई सरकारले फेरि वार्तामा बोलायो « Khabarhub

पाथीभरा केबलकार विवाद : आन्दोलित पक्षलाई सरकारले फेरि वार्तामा बोलायो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान गर्न सरकारले फेरि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन भनेको हो । बिहीबार पाथीभरा केबलकारको बेस स्टेशन काफ्लेपाटीमा सुरक्षाकर्मी र आन्दोलितबीच हिंसात्मक झडप भएको थियो ।

यसअघि गत माघ २० गते गठित वार्ता टोलीका संयोजक एवम् गृह मन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलित पक्षलाई वार्तामा आउन अपील गरिएको हो ।

पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलित पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि गम्भीर भएर संवादमा आउन भट्टराईले भनेका छन् ।

यसअघि गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच माघ २२ गते देखिनिरन्तर संवाद भएको थियो । तर माघ २७ गतेको वार्तामा कुरा नमिलेपछि आन्दोलित पक्षले अर्को चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।

त्यही क्रममा बिहीबार आन्दोलित पक्ष र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका थिए । आन्दोलित पक्षले काफ्लेपाटीको बेस स्टेशन घेरेर तोडफोड गर्न खोज्दा झडप र ढुंगामुढा भएको थियो ।

यसैबीच पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकलाई कुटपिटपछि बन्द यातायात व्यावसायीले फिर्ता लिएका छन् ।

शुक्रबार यातायात व्यावसायी र आन्दोलनरत पक्षबीच छलफल भएपछि बन्द फिर्ता भएको हो । आन्दोलनरत पक्षले गाडीको मर्मत र घाइते चालकको उपचार गर्ने सहमतिसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिले जनाएको छ।

बिहीबार प्रहरी र आन्दोलित पक्षबीच झडप भई घाइतेक उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे. १ ज. २५७९ को गाडी तोडफोड भएको थियो । त्यही क्रममा गाडीचालक राजकुमार पौडेललाई आन्दोलितले कुटपिट गरेका थिए ।

पौडेलको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएको छ । त्यही घटनालाई लिएर यातायात व्यवसायीले पूर्वाञ्चल यातायात बन्द गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : १४ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर