तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप | Khabarhub Khabarhub

तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तनहुँ । जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । जिल्लामा रहेका दश स्थानीय तहका १४ हजार एक सय ३५ छात्रालाई उक्त खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाउने लक्ष्य रहेकामा करिब ९९ प्रतिशतले लगाएका कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जनाउँदै जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न भएको उल्लेख गरे ।

पहिलो चरणमा व्यास र भानु नगरपालिका तथा देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका साथै दोस्रो चरणमा शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सम्पन्न भएको अधिकारीले जानकारी दिए ।

विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्यसहित प्रत्येक विद्यालयमा खोप केन्द्र कायम गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ५७ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत