पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’ : शङ्कर पोखरेल « Khabarhub

पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’ : शङ्कर पोखरेल


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताएका छन् ।

एमाले कास्कीद्वारा आज पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

जनताको बहुदलीय जनवाद विचार र नेतृत्वमा कुनै पनि विवाद नरहेको बताउँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न कार्यकर्ता सङ्गठित भएर लाग्नु पर्नेमा जोड दिएका छन।

सङ्गठित शक्तिले मात्र समाज परिवर्तन गर्न सक्दछ भन्दै उनले पार्टीको सङ्गठानात्मक शक्तिलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताएका छन। पार्टीले लिएका अभियान पूरा गर्न निर्वाचनमा पहिलो पार्टी बनाउनेतर्पm जुटन जनप्रतिनिधि र कार्यकर्तालाई उनको आग्रह थियो ।

मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण जनतामा बढेको नैरास्यता हटाउन एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको बताउँदै उनले सात बुँदे सहमतिका आधारमा बनेको यो गठबन्धन पुरै अवधि कायम रहने बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुकको नेतृत्व गर्ने सशक्त पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने आवश्यकता औंल्याएका छन।

देशको आवश्यकतालाई दृष्टिगत गर्दै प्रमुख पार्टीहरू सम्मिलित वर्तमान सरकार बनेको बताउँदै उनले सरकार गठन भएपछि अस्थिरताको अन्त्यसँगै सुशासन र समृद्धिको जनतामा आशा जगाएको बताएका छन। नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरूङले जनचाहनाअनुसार सरकार अघि बढिरहेको बताउँदै स्थिर सरकारको कारण छिमेकी मुलुक भारत र चीनको विकासमा तीव्रता आएको बताएका छन ।

पार्टी सचिव पद्मा अर्यालयले पार्टी भित्रको अवसरवाद र सङ्गठनात्मक अराजकताको अन्त्यका लागि कार्यकर्ता सङ्गठित हुनुपर्ने बताएका छन। नमिलेका मनलाई मिलाउन पार्टीभित्र छलफल गरी एकता कायम गर्नुपर्नेमा उनको जोड थियो ।

एमाले स्थायी कमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी र सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्‍याउन कार्यकर्तालाई आग्रह गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरणका लागि टोलटोलमा पुगेर विकास निर्माणसहित जनभावना बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : १३ बजे

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान