शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९० पैसा र बिक्रीदर १३८ रुपियाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४९ रुपियाँ ५२ पैसा र बिक्रीदर १५० रुपियाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपियाँ ६८ पैसा र बिक्रीदर १७९ रुपियाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ ४८ पैसा र बिक्रीदर १५७ रुपियाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ६९ पैसा र बिक्रीदर ८७ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ८७ पैसा र बिक्रीदर ९६ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ २८ पैसा र बिक्रीदर १०३ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०४ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७६ पैसा र बिक्रीदर ३६ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १६ पैसा र बिक्रीदर ३१ रुपियाँ २९ पैसा निर्धारण भएको छ।

यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५४ पैसा र बिक्रीदर १३ रुपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ०४ पैसा र बिक्रीदर २० रुपियाँ १३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७४ पैसा र बिक्रीदर १७ रुपियाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ १९ पैसा र बिक्रीदर ३५९ रुपियाँ ७४ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ३६ बजे

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज