शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर « Khabarhub

शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर

न्यायिक चुनौतीको सामना गर्नु पर्ने अनुमान


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले सन् २०२४ को चुनावी अभियानमै सो कुरा उठाएका थिए। बिहीबार सो निर्णयमा हस्ताक्षर गरेपछि उनले जत्ति सक्दो चाँडो बन्द गर्ने बताए।

ट्रम्पले यसलाई केही परम्परावादीले जबरजस्ती टिकाएको बताउँदै आएका थिए। यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि काँग्रेसको अनुमति आवश्यक पर्छ। उनले अमेरिकाले अन्य देशको तुलनामा शिक्षामा धेरै खर्च गरे पनि त्यहाँका विद्यार्थी तल नै रहेको बताएका छन्।

यसअघि ट्रम्पले गरेका धेरै निर्णय न्यायिक चुनौतीको सामना गरेका कारण यो निर्णयले पनि त्यसै किसिमको चुनौतीको सामना गर्नु पर्ने अनुमान गरिएको छ।

सिनेटमा अहिले रिपब्लिकको मत ५३-४७ को अवस्थामा छ। तथापि यस्ता विभाग दीर्घकालीन रूपमा बन्द गर्नका लागि ६० मत आवश्यक पर्छ। यो विभाग पूर्ण रूपमा बन्द नभए पनि ट्रम्पले यसमा खर्च कटौती गर्ने तथा कर्मचारीलाई बिदा गर्ने निर्णय गर्न सक्ने छन्।

सन् १९७९ मा स्थापित सो विभागले सामुदायिक विद्यालयमा लगानी गर्ने, विद्यार्थी ऋणको व्यवस्था गर्ने तथा निम्न आय भएकालाई शिक्षाको व्यवस्था गर्ने काम गरेको थियो।

ट्रम्पले यस विभागले युवा समुदायमा रङ्गभेद, राजनीतिक तथा यौनका विषयमा सिकाइरहेको आरोप लगाएका छन्। त्यहाँका सामुदायिक विद्यालयका १३ प्रतिशत हिस्सा मात्र सङ्घीय सरकारबाट उपलब्ध हुने गरेको छ। अन्य सबै स्थानीय तह र प्रान्तीय सरकारबाट प्राप्त हुने गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : २२ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच