शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर « Khabarhub

शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर

न्यायिक चुनौतीको सामना गर्नु पर्ने अनुमान


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले सन् २०२४ को चुनावी अभियानमै सो कुरा उठाएका थिए। बिहीबार सो निर्णयमा हस्ताक्षर गरेपछि उनले जत्ति सक्दो चाँडो बन्द गर्ने बताए।

ट्रम्पले यसलाई केही परम्परावादीले जबरजस्ती टिकाएको बताउँदै आएका थिए। यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि काँग्रेसको अनुमति आवश्यक पर्छ। उनले अमेरिकाले अन्य देशको तुलनामा शिक्षामा धेरै खर्च गरे पनि त्यहाँका विद्यार्थी तल नै रहेको बताएका छन्।

यसअघि ट्रम्पले गरेका धेरै निर्णय न्यायिक चुनौतीको सामना गरेका कारण यो निर्णयले पनि त्यसै किसिमको चुनौतीको सामना गर्नु पर्ने अनुमान गरिएको छ।

सिनेटमा अहिले रिपब्लिकको मत ५३-४७ को अवस्थामा छ। तथापि यस्ता विभाग दीर्घकालीन रूपमा बन्द गर्नका लागि ६० मत आवश्यक पर्छ। यो विभाग पूर्ण रूपमा बन्द नभए पनि ट्रम्पले यसमा खर्च कटौती गर्ने तथा कर्मचारीलाई बिदा गर्ने निर्णय गर्न सक्ने छन्।

सन् १९७९ मा स्थापित सो विभागले सामुदायिक विद्यालयमा लगानी गर्ने, विद्यार्थी ऋणको व्यवस्था गर्ने तथा निम्न आय भएकालाई शिक्षाको व्यवस्था गर्ने काम गरेको थियो।

ट्रम्पले यस विभागले युवा समुदायमा रङ्गभेद, राजनीतिक तथा यौनका विषयमा सिकाइरहेको आरोप लगाएका छन्। त्यहाँका सामुदायिक विद्यालयका १३ प्रतिशत हिस्सा मात्र सङ्घीय सरकारबाट उपलब्ध हुने गरेको छ। अन्य सबै स्थानीय तह र प्रान्तीय सरकारबाट प्राप्त हुने गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : २२ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क