पिएम कपमा आज तीन खेलः एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै « Khabarhub

पिएम कपमा आज तीन खेलः एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन्। एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो।

एपिएफ र सुदूरपश्मिको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र मधेश भैरहवाको एक्सा ओभल मैदानमा भिड्नेछन्। अर्को खेलमा आर्मी र गण्डकी प्रदेश कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आम्नेसाम्ने हुँदैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन्।

नेपाल पुलिस क्लब सात खेलमा अपराजित रहँदै १४ अंकका साथ पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्मीले ६ खेल खेलिसकेको छ। एउटा मात्र खेल गुमाएको आर्मीको १० अंक छ।

तेस्रो स्थानमा रहेको लुम्बिनीको सातमा तीन खेल गुमाएर चार खेल जित्दै ८ अंक बनाएको हो। पाँच खेल मात्र खेलेको एपिएफ ६ अंकका साथ चौथो स्थानमा छ। उसले दुई खेल गुमाउँदा तीन खेलमा जित निकालेको छ।

६ खेल खेलेर तीन जित र तीन हारको सामना गरेको कर्णाली ६ अंकसहति पाँचौं स्थानमा छ। मधेश, सुदूरपश्चिम र बागमतीको समान चारचार अंक छ भने कोशी र गण्डकीले ६ खेल खेलिसक्दा दुई अंक मात्र जोडेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ०० बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो