धवलागिरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते | Khabarhub Khabarhub

धवलागिरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब ५ बजेतिर  ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षे देविन बिक र २१ वर्षे पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । ४ जना घाइतेमध्ये २ जना स्थानीय कविराज बिक र कमल विक छन् ।  मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक समेत घाइते भएका वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिए ।  घाइते ४ मध्य १ जनालाई पोखरा ल्याइएको छ भने ३ जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । वडाध्यक्ष विकका अनुसार, केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किंदै थिए ।

सोही गाउँपालिका–७,ताकमका २७ वर्षीय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा ७ जना सवार रहेका थिए । ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए । स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारमा खटिएका थिए । लुलाङ दुर्गम गाउँ हो । लुलाङबाट सदरमुकाम बेनी आउन सवारी साधन मार्फत करिब साढे ४ घण्टा  लाग्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : ०१ बजे

अमेरिका पुगेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी – विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क