नागरिक उन्मुक्तिको बैठक : सीके नेतृत्वको जनमतसँग एकताको टुंगो गर्दै | Khabarhub Khabarhub

नागरिक उन्मुक्तिको बैठक : सीके नेतृत्वको जनमतसँग एकताको टुंगो गर्दै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरू भएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरूलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताएका छन् । यो बैठकमा नागरिक उन्मुक्तिका संस्थापक एवम् संरक्षक रेशमलाल चौधरी पनि सहभागी छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा छिन् । उनीहरूबीच एकतालाई लिएर विवाद थियो ।

तर, रञ्जिता पनि जनमतसँगको एकताका लागि तयार भएसँगै केन्द्रीय समिति बैठक बसेको हो । नागरिक उन्मुक्तिले नयाँ पार्टीको अध्यक्षमा डा. सीके राउतलाई नै स्वीकार्दै एकतामा जाने निर्णय गर्न लागेको छ ।

उता जनमतले भने यसअघि ने नाउपासँग एकतामा जाने निर्णय गरिसकेको छ । जनमतको प्रभाव मधेश प्रदेशमा बलियो छ भने नाउपाको प्रभाव कैलाली र बर्दिया जिल्लामा बाक्लो छ।

केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुनेमा कुनै आशंका नरहेको पनि बताएका छन् ।

बैठकमा सबै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका सांसद, उम्मेदवार, पालिकाका प्रमुख र उप प्रमुखहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु र संस्थापक केन्द्रीय सदस्यहरु पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी