ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन « Khabarhub

ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्नुपर्ने सांसद ज्ञानु बस्नेतको मागमा हजारौँ व्यक्तिहरूले समर्थन जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लोडसेडिङ हुँदैछ भनेर जनतालाई आतंकित पारेको बताएकी थिइन् ।

उनले कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरण ध्वस्त बनाउन भूमिका खेलेको भन्दै मन्त्री खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी थिइन् ।

सांसद बस्नेतको भनाइलाई लिएर खबरहबले सर्वसाधारणको प्रतिक्रिया माग गरेको थियो । बिहीबार प्रतिक्रिया माग गरिएकोमा शुक्रबा मध्यान्ह १२ बजेसम्म ७ हजार बढीले त्यसमा समर्थन जनाएका छन् ।

खबरहबले सामाजिक सञ्जाल फेसबुकमार्फत् माग गरेको धारणामा ७ हजार ५ सय जनाले अभिमत दिएका छन् । जसमध्ये ९९ प्रतिशत बढीले सांसद बस्नेतको मागमा समर्थन जनाउँदै ऊर्जमन्त्री खड्कालाई बर्खास्त गर्नुपर्ने अभिमत व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : १० बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन