विदेशमा प्रदर्शनबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमको आपत्ति « Khabarhub

विदेशमा प्रदर्शनबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमको आपत्ति


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिना राष्ट्रिय फुटबल टिमकी कम्तान तथा गोल रक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’को विदेशमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण टिमले खण्डन गरेको छ ।

अधिकार नै नदिइएका देशहरूमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण कम्पनी मुन लभ इन्टरटेन्मेन्टले आपत्ति जनाएको छ ।

फिल्मका निर्माता प्रमेकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी ‘अञ्जिाला’ प्रदर्शनको भ्रम सामाजिक सञ्जालमा फैलाइएको उल्लेख गरिएको छ ।

यसरी भ्रम फैल्याउने व्यक्ति वा संस्थाको नाम उक्त विज्ञप्तिमा खुलाइएको छैन ।

जापान, कोरिया, क्यान्डा र हङकङबाहेक अन्य देशमा प्रदर्शन मिति ब्रिकी नभएको निर्माण पक्षको दाबी छ । अन्य देशको प्रदर्शन मितिबारेको प्रचार भ्रामक रहेको जनाइएको छ ।

फागुन २९ बाट प्रदर्शनमा आएको यस फिल्मले घरेलु बजारमा दर्शकको राम्रो साथ पाएको छ । अहिले पनि उच्च अनुपेन्सीका साथ फिल्म प्रदर्शनमा रहेको निर्माण पक्षको दाबी छ ।

फिल्ममा अभिनेताहरू दयाहाङ राई, विजय बराल, नायिका सिर्जना सुब्बा, कलाकार माओत्से गुरुङ र अञ्जिला आफैं केन्द्रीय भूमिकामा छन् ।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ०८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्