प्रचण्ड भन्छन् : ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, कांग्रेस-एमालेको सरकार चाँडै तलमाथि हुन्छ « Khabarhub

प्रचण्ड भन्छन् : ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, कांग्रेस-एमालेको सरकार चाँडै तलमाथि हुन्छ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको बताए ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।

उनले नेपालको राजनीतिक घटनाक्रमतिर संकेत गर्दै आफू ०८४ सम्म सरकरको नेतृत्व नगर्ने पक्षमा रहेको बताए ।

दाहालले अहिले आफू प्रधानमन्त्री बन्न इच्छुक नभएको बताएका हुन् । दाहालले सत्ता परिवर्तन हुने संकेत गर्दै ‘केही न केही हुन्छ’ भनेका छन् ।

‘मैले प्रष्टसँग भनेको छु । २०८४ सम्म प्रधानमन्त्री बन्दिनँ । जनतासँगै रहन्छु । जनताका समस्या लिएर सदनमा बोल्छु । तर प्रधानमन्त्री हुने रेसमा कम्तिमा २०८४ सम्म म छँदै छैन’, उनले भने, ‘यो भ्रम कसैलाई नरहोस् । केही न केही हुन्छ भनेर विविध कारणले भनेको छु । तपाईंहरू आफैँले पनि अध्ययन गर्न सक्नुहुन्छ । यसलाई ठूलो कुरा नठान्नुहोस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नतिजा दिन नसकेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइराला र एनपी साउदसहितले खुलेर विरोध गरिरहेका छन् ।

गत असार ३१ गते नयाँ सरकार बनेयता भारसँगको सम्बन्ध पनि सुधार हुन सकेको छैन । परराष्ट्रमन्त्री डा. आरजु राणाले कोसिस गरे पनि भारतले सम्बन्ध सुधारमा चासो दिएको छैन । यस्तोमा एमालेसँगको सत्ता समीकरणलाई निरन्तरता दिने नदिने दोधारमा कांग्रेस देखिन थालेको अवस्थामा प्रचण्डले अहिलेको अवस्था लामो समय नजाने संकेत गरेका हुन् ।

उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीनका समस्यामा मलहमपट्टी लगाउने काम गरेको बताए ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको बताए ।

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका