कांग्रेस महाधिवेशन २०८२ मङ्सिरभित्रै हुनुपर्छ : नेता कोइराला « Khabarhub

कांग्रेस महाधिवेशन २०८२ मङ्सिरभित्रै हुनुपर्छ : नेता कोइराला


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए । 

‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता डा कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे । 

नेता डा कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए। 

जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे । ‘नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुपर्‍यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्‍यो । त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’नेता डा कोइरालाले भने । 

कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उनको भनाइ थियो । 
 

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ४ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया