परराष्ट्रमन्त्रीको स्पष्टीकरण : भारत अहिले सरकार परिवर्तनको पक्षमा छैन « Khabarhub

परराष्ट्रमन्त्रीको स्पष्टीकरण : भारत अहिले सरकार परिवर्तनको पक्षमा छैन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार भारतबाट स्वदेश फर्किएकी छन् ।

झन्डै १२ दिने लामो भारत भ्रमण सकेर उनी अपरान्ह स्वदेश आइपुगेकी हुन् ।

त्रिभुवन विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय नै नमागेकाले भेट हुने कुरै नभएको स्पष्टीकरण दिएकी छन् ।

भारतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्लामा कुनै सत्यता नभएको पनि बताइन् ।

‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशाय छैन’, उनले भनिन्, ‘यही डेम्रोक्याटिक सिस्टमलाई अगाडि लैजानु पर्छ भन्ने पक्षमै देखिएको छ ।’

पत्रकारका एक प्रश्नमा उनले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट पारिन् । नेपालमा हालै भएका राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उनले भनिन्, ‘यस विषयमा त भारतमा कुनै कुरा भएन । तर पनि हामीले देखिरहेकै छौँ, भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।’

परराष्ट्रमन्त्री डा. राणाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको पनि बताइन् ।

भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म गरेको राइसिना डायलगमा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ३० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै