‘इजाजत नपाएका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’ « Khabarhub

‘इजाजत नपाएका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ । 

सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानाकर्षण गराएको हो ।

श्रमिक आपूर्तिकर्ता कम्पनीहरूले सुरक्षा, सरसफाइ तथा फोहोर, बगैंचा व्यवस्थापन, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिक, चालक लोड, परिचालक, अनलोड सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, डकर्मी, इलेक्ट्रिसियन सिकर्मीलगायत निर्माण श्रमिक र घरेलु श्रमिक आपूर्ति गर्दै आएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको यस विभागले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर श्रम ऐन विपरीत कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो । 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले असल श्रम अभ्यासका लागि श्रम प्रशासनसँग सम्बन्धित विभिन्न छ वटा कानूनी व्यवस्थाका बारेमा सूचना जारी गरे । 

विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, बालश्रम निवारण, सामाजिक सुरक्षाकोषमा योगदान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन कार्यान्वयनका लागि आजै सूचना जारी गरेको छ । नियमित अनुगमनबाहेक पनि गुनासो र उजुरीका आधारमा यी सूचना जारी गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।   

‘यस विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दै आएको छ’, उनले भने, ‘प्रतिष्ठानहरूमा मर्यादित एवम् उचित श्रम अभ्यासको वातावरण निर्माण गर्न सरोकारवाला सबेसँग आग्रह गर्छौ ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ५८ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको