सरकारले युवाका आवाज सम्बोधन गर्नुपर्छ : विनोद चौधरी « Khabarhub

सरकारले युवाका आवाज सम्बोधन गर्नुपर्छ : विनोद चौधरी


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले राजनीतिक दल र सरकारले युवाहरूको आकांक्षा सम्बोधन गर्नुपर्ने बताएका छन् । 

शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले युवाहरूको आवाज सुन्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘८० लाख युवाहरू देश बाहिर छन् । सबैको हात हातमा मोबाइल छ । सामाजिक सञ्जाल सबैको दैनिकी बनेको छ । यो पुस्तामा आशा र आकाङ्क्षाहरू छन्, त्यसको सम्बोधन गर्न जरुरी छ । राजनीतिक दल र सरकारले यी युवाहरूको अपेक्षालाई सम्बोधन गर्न जरुरी छ ।’

पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य चौधरीले हुलाकी सडक र नारायणगढ बुटवल सडकखण्डको काम छिटो सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा भइरहेको ढिलाइले पनि जनतामा सरकार र राजनीतिक दलप्रति निराशा बढेको दाबी गरे । 

सांसद चौधरीले कोरोना कालमा बन्द भएका छोटी भन्सार खुलाउन आफूले चार वटा अर्थमन्त्रीसँग कुरा गरे पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । 

‘मेरो व्यक्तिगत सम्बन्ध र राजनीतिक सम्बन्धका हिसाबले पछिल्ला चार वटा अर्थमन्त्रीसँग भुजहवा छोटी भन्सार खुलाउनेबारे कुराकानी गरे,’ उनले भने, ‘जनार्दन शर्मा, वर्षामान पुन, प्रकाशशरण महत र विष्णु पौडेल चार जना अर्थमन्त्रीलाई छोटी भन्सार खुलाउनेबारे कुरा गरे । सबैले निर्णय पनि गरे । तर कहाँ गएर रोकिन्छ, थाहा छैन । कोरोनाका बेला बन्द भएको यो भन्सार अझै खुलेको छैन । म आफै अचम्ममा छु ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ०६ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी