प्राधिकरणद्वारा सशस्त्रका बडुवालको परिवारलाई सहयोग | Khabarhub Khabarhub

प्राधिकरणद्वारा सशस्त्रका बडुवालको परिवारलाई सहयोग


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा खटिने क्रममा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक स्व. दिल बहादुर बडुवालको परिवारलाई आश्रित पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

विपद् व्यवस्थापनमा योगदान पुर्‍याए बापत उनको परिवारलाई सो रकम उपलब्ध गराउनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ३०औँ कार्यकारी समितिको बैठकमा उक्त निर्णय गरेको हो ।

विपद् उद्धारमा खटिएको समयमा बिरामी भई गत असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएकोमा उपचार क्रममा असोज २८ गते सोमबार बिहान सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन भएको थियो । बर्दिया घर भएका बडुवाल २०५९ साल जेठ १३ गते सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका  थिए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि स्व.बडुवाल कमाण्डरको रूपमा कार्यरत थिए ।

विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य तथा योगदान दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको लागि यस किसिमको सहयोग निकै नै सह्रानीय रहेको तथा कार्यक्षेत्रमा खटिदा समेत हौसला प्रदान हुने विश्वास गरिएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका क्रममा घाइते तथा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सम्बन्धी मापदण्ड २०८१ संचालन गरी उक्त कोषबाट स्व. दिल बहादुर बडुवाल लगायत अन्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई पाँच–पाँच लाखका दरले जम्मा २० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : २३ बजे

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले