शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध नलगाइने « Khabarhub

शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध नलगाइने


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने आफ्नो कुनै योजना नरहेको बताएको छ ।

हसिनाको अवामी लिगमाथि उहाँको १५ वर्षे कार्यकालमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको थियो, जसमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको गत वर्षको विद्यार्थी आन्दोलनमाथि हिंसात्मक दमन पनि समावेश छ ।

सन् १९७१ मा बङ्गलादेशमा हसिनाका पिताको शासनकालमा भएको रक्तपातपूर्ण स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका खेलेको पार्टीलाई गैरकानूनी घोषित गर्न विद्यार्थी नेताहरूले माग गरेका छन् ।

नोबेल पुरस्कार विजेता तथा बङ्गलादेशको कामचलाउ सरकारका प्रमुख मोहम्मद युनुसले भने आफूले कुनै दलमाथि प्रतिबन्ध लगाउने मनसाय नराखेको बताएका छन् ।

“युनुसले पार्टीमाथि प्रतिबन्ध लगाउने कुनै योजना अन्तरिम सरकारको रहेको छैन”, उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यद्यपि, यसको नेतृत्वभित्रका व्यक्तिहरू जो हत्या र मानवता विरुद्धको अपराधमा आरोपित छन्, उनीहरूलाई बङ्गलादेशको अदालतमा मुद्दा चलाइनेछ।”

सत्ताच्युत भएपछि छिमेकी मुलुक भारतमा शरण लिएकी हसिना र उनका सहयोगीहरूविरुद्ध ढाकाको एक न्यायाधिकरणले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको तथ्य पत्ता लगाउने एक मिसनले गत महिना सत्तामा टिकिरहने प्रयासमा प्रदर्शनकारीमाथि सुनियोजित आक्रमण र हत्याका लागि उहाँको सरकार जिम्मेवार रहेको बताएको थियो ।

यसले ‘हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू गर्ने जस्ता मानवताविरोधी अपराधहरू भएका छन् भनेर विश्वास गर्ने उचित आधारहरू’ फेला पारेको थियो ।

पूर्वप्रधानमन्त्री हसिनालाई पदच्युत गरिएदेखि नै विद्यार्थीहरूले नयाँ सरकारका लागि चुनावअघि पार्टीमाथि प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् ।
अन्तरिम सरकारले गत वर्षको प्रदर्शनमा हिंसात्मक आक्रमणमा संलग्न भएको भन्दै गत अक्टोबरमा अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाएको थियो तर पार्टी सङ्गठनमाथि कुनै प्रतिबन्ध लगाइएको थिएन ।

नयाँ विद्यार्थी समर्थित राजनीतिक दलका एक प्रमुख नेता हस्नत अब्दुल्लाहले सरकारको निर्णयको निन्दा गरेका छन् ।

“अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्छ,” उनले फेसबुकमा लेखेका छन् ।

विद्यार्थी नेता नासिर उद्दिन पटवारीले गत महिना पार्टीमाथि प्रतिबन्ध नलगाउँदा बङ्गलादेश गृहयुद्धतर्फ धकेलिने चेतावनी दिएका थिए ।

बङ्गलादेशको प्रमुख इस्लामिक पार्टी जमातका नेता शफीकुल रहमानले पनि शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, “जनताले पार्टीको ‘पुनर्स्थापना’ स्वीकार गर्ने छैनन् ।”

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : २३ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि