‘केसरी–२’ : ६ वर्षअघि प्रदर्शनमा आएको अघिल्लो भागभन्दा कमजोर व्यापार | Khabarhub Khabarhub

‘केसरी–२’ : ६ वर्षअघि प्रदर्शनमा आएको अघिल्लो भागभन्दा कमजोर व्यापार


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अक्षय कुमार स्टारर फिल्म ‘केसरी च्याप्टर- २’ प्रदर्शनरत छ । यो सन् २०१९ मा प्रदर्शनमा आएको अक्षयको हिट फिल्म ‘केसरी’को दोस्रो सिक्वेल हो ।

पहिलो भागमा नायिका परणिती चाेपडा थिइन् । सिक्वेलमा नायिकामा अनन्या पाण्डेया छिन् ।

भारतीय बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी’ले भारतमा मात्रै १५५ करोड भारुको व्यापार गरेको थियो ।

सिक्वेल गत शुक्रबार नेपाली मिति वैशाख ५ मा प्रदर्शनमा आएको थियो । यो फिल्म भारतको ठूलो मध्ये एक धर्मा प्रडक्सनको ब्यानरमा बनेको हो ।

ठूलो ब्यानर र हिट सिक्वेल भए पनि यस फिल्मले सुरुवाती दिनमा दर्शकबाट अपेक्षित साथ पाएको छैन ।

‘केसरी- २’ले पहिलो दिन शुक्रबार सात करोड ८४ लाख भारु व्यापार गरेको धर्मा प्रोडक्सनले दाबी गरेको छ । त्यस्तै, दोस्रो दिन शनिबार १० करोड आठ लाख भारु ग्रस कलेक्सन गरेको बताएको छ ।

‘केसरी’को तुलनामा सिक्वेलको व्यापार कमजोर हो । ‘केसरी’ले पहिलो दिन २१ करोड ६ लाखको व्यापार गरेको थियो । अर्थात्,पहिलो दिन ‘केसरी’को तुलनामा सिक्वेलको व्यापार १३ करोड ७६ लाखले कम हो ।

प्रदर्शनको दोस्रो दिन १० करोड आठ लाख ग्रस कलेक्सन गरे पनि सिक्वेलको व्यापार कमजोर देखिन्छ । दोस्रो दिन ‘केसरी’भन्दा सिक्वेलको व्यापार ६ करोड ६७ लाखले कमी छ ।

बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी- २’ले तेस्रो दिन आइतबार ८ करोड ३२ लाख भारुको ग्रस कलेक्सन गरेको छ । यो रकम केही तलमाथि भने हुनसक्छ ।

पहिलो भागको भन्दा सिक्वेलको तेस्रो दिनको कमाइ पनि करिब १० करोडको कमजोर छ । यसको पहिलो भाग अर्थात् ६ वर्षअघिको व्यापारसँग तुलना गर्दा पनि सिक्वेलको व्यापार कमजोर दिएको हो ।

भारतीय मिडिया आजतकका अनुसार ‘केसरी २’को शनिबारको अनुपेन्सी दिल्लीमा ३० प्रतिशत र मुम्बईमा २३ प्रतिशत छ ।

सुरुवाती तीन दिनको व्यापार र सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यो फिल्मको व्यापार दोस्रो साता बढ्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०९ बजे

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर