आज २०८२ साल वैशाख ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख ८ गते सोमबारको राशिफल


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ८ गते सोमबार। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। तपाईंले बनाएको योजना सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : परिवारमा झन्झट आइपर्ने खतरा छ। अप्रिय खबरले मन अशान्त बन्नेछ। सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : आज तपाईंका लागि दिन धेरै राम्रो छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दैनिकी सामान्य छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट घाटा हुने जोखिम छ। प्रेम सम्बन्धमा खटपटी हुने छ। जुनसुकै क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।

कन्या : दिन राम्रो छ। श्रमको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रको कामबाट सम्मान मिल्नेछ। लामो यात्रा नगर्नु राम्रो हुनेछ।

तुला : संघर्ष गर्नुपर्ने दिन छ। अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। आफ्ना भनिएका साथीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। शरीरमा आलश्य बढ्नेछ। राम्रो काम गरे पनि गलत अर्थ लाग्नसक्छ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक कामले समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु : दिन राम्रो छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ।

मकर : आजको दिन धेरै नै राम्रो छ। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंको खर्च बढ्नेछ। समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। लगानीको क्षेत्रबाट भने सामान्य नाफा हुनेछ। राजनीतिक यात्रामा अवरोध खडा हुनेछन्।

मीन : गणेशको सेवा गरेमा फाइदा हुनेछ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका