चेन्नईको अर्को हारः रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा मुम्बई ९ विकेटले विजयी « Khabarhub

चेन्नईको अर्को हारः रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा मुम्बई ९ विकेटले विजयी


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको हो।

चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पुरा गरेको हो। मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले अविजित ७६ रन प्रहार गरे। ४५ बलको सामना गरेका उनको पारीमा ४ चौका र ६ छक्का समावेश थियो। शर्मा प्लेयर अफ द म्याच बने।

सूर्यकुमार यादवले पनि शानदार ब्याटिङ गर्दै नटआउट ३० बलमा ६८ रन प्रहार गरे। उनले ६ चौका र ५ छक्का हिर्काए। चेन्नईमा महेश पाथिसनाले १० बल बलिङ गरेर ३४ रन खर्चे। जेमी ओभरटनले दुई ओभरमा २९ रन खर्चिए।

यसअघि मुम्बईको बाखडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १७६ रन जोडेको थियो। चेन्नईका लागि रवीन्द्र जडेजाले ३५ बलमा ५३ तथा शिवं दुवेले ३२ बलमा ५० रन जोडे। सात बलर प्रयोग गरेको मुम्बईका लागि स्टार बलर जसप्रित बुमराहले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। मुम्बईका अश्विनी कुमारले एक विकेट लिए पनि दुई ओभरमा ४२ रन खर्चिए।

लगातार तेस्रो जित हात पारेको मुम्बई आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। शीर्ष ५ टोली गुजरात टाइटान, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर बंगलोरु, पन्जाब किङ र लखनउ सुपर जेन्ट्सको १० अङ्क छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ०० बजे

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम

फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

काठमाडौं– उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक