चेन्नईको अर्को हारः रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा मुम्बई ९ विकेटले विजयी « Khabarhub

चेन्नईको अर्को हारः रोहित शर्मा र सूर्यकुमारको शानदार ब्याटिङमा मुम्बई ९ विकेटले विजयी


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको हो।

चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पुरा गरेको हो। मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले अविजित ७६ रन प्रहार गरे। ४५ बलको सामना गरेका उनको पारीमा ४ चौका र ६ छक्का समावेश थियो। शर्मा प्लेयर अफ द म्याच बने।

सूर्यकुमार यादवले पनि शानदार ब्याटिङ गर्दै नटआउट ३० बलमा ६८ रन प्रहार गरे। उनले ६ चौका र ५ छक्का हिर्काए। चेन्नईमा महेश पाथिसनाले १० बल बलिङ गरेर ३४ रन खर्चे। जेमी ओभरटनले दुई ओभरमा २९ रन खर्चिए।

यसअघि मुम्बईको बाखडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १७६ रन जोडेको थियो। चेन्नईका लागि रवीन्द्र जडेजाले ३५ बलमा ५३ तथा शिवं दुवेले ३२ बलमा ५० रन जोडे। सात बलर प्रयोग गरेको मुम्बईका लागि स्टार बलर जसप्रित बुमराहले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। मुम्बईका अश्विनी कुमारले एक विकेट लिए पनि दुई ओभरमा ४२ रन खर्चिए।

लगातार तेस्रो जित हात पारेको मुम्बई आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। शीर्ष ५ टोली गुजरात टाइटान, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर बंगलोरु, पन्जाब किङ र लखनउ सुपर जेन्ट्सको १० अङ्क छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना