सवारीसाधन आगलागी घटनामा चारजनाको निधनप्रति कोशीका मुख्यमन्त्रीबाट दुःख व्यक्त  « Khabarhub

सवारीसाधन आगलागी घटनामा चारजनाको निधनप्रति कोशीका मुख्यमन्त्रीबाट दुःख व्यक्त 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा सवारी साधनमा भएको आगलागीमा परी चारजनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले निधन भएकाेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

आज बिहान ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका– १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको थियो ।

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिए ।

उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन् । 

घटनामा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ०० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु