अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त « Khabarhub

अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकामा सुरक्षा निकायका गोप्य सूचना माथिल्लो तहबाट नै चुहावट हुनेक्रममा रक्षा मन्त्रालय अगाडि देखिएको छ।

रक्षा मन्त्री पिटर हेगसेथले यमनमा दोस्रो पटक आक्रमण गर्न बनाएको योजनामा छलफल गरिएको ग्रुप च्याटमा हेगसेथको निजी सम्पर्क भएको व्यक्ति र पारिवारिक व्यक्ति जोडिएको जनाइएको छ।

सचिवालयबाट बारम्बार गल्ती हुन थालेपछि उनका प्रेस सल्लाहकार जोन युलियट सहितले यो रहस्य पत्ता लगाए। यो घटनापछि तीन जना वरिष्ठ अधिकारी बर्खास्त भएका छन्। यसरी बर्खास्त हुनेमा सल्लाहकार डान चाड विल, डेपुटी चिफ अफ स्टाफ डारेन सेलनिक र कोलिन कारोल छन्।

मास फाइरिङ जस्ता संवेदनशील सूचना बाहिर जान थालेपछि यसले पेन्टागनमा नै समस्या उत्पन्न भएको युलिटले बताए। गत महिना दोस्रो पटक यमनमा आक्रमण गर्नका लागि हेगसेथले वरिष्ठ सैन्य अधिकारीसँग छलफल गर्ने क्रममा ग्रुप च्याटको समूह बनाइएको थियो।

हेगसेथले यो च्याट गर्ने क्रममा हुथीमाथि आक्रमणको योजना बनाइएको थियो। अमेरिकामा पछिल्लो समय यस्तो घटना भएको दोस्रो पटक हो। यसअघि ग्रुप च्याटमा एटलान्टिकका सम्पादकलाई राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले आबद्ध गरेका थिए।

यसअघि पनामा क्यालन र मध्यपूर्वमा सैन्य उपस्थिति सम्बन्धी योजना बाहिर आएपछि यसका बारेमा छानबिन भइरहेको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : १८ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ