अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त | Khabarhub Khabarhub

अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकामा सुरक्षा निकायका गोप्य सूचना माथिल्लो तहबाट नै चुहावट हुनेक्रममा रक्षा मन्त्रालय अगाडि देखिएको छ।

रक्षा मन्त्री पिटर हेगसेथले यमनमा दोस्रो पटक आक्रमण गर्न बनाएको योजनामा छलफल गरिएको ग्रुप च्याटमा हेगसेथको निजी सम्पर्क भएको व्यक्ति र पारिवारिक व्यक्ति जोडिएको जनाइएको छ।

सचिवालयबाट बारम्बार गल्ती हुन थालेपछि उनका प्रेस सल्लाहकार जोन युलियट सहितले यो रहस्य पत्ता लगाए। यो घटनापछि तीन जना वरिष्ठ अधिकारी बर्खास्त भएका छन्। यसरी बर्खास्त हुनेमा सल्लाहकार डान चाड विल, डेपुटी चिफ अफ स्टाफ डारेन सेलनिक र कोलिन कारोल छन्।

मास फाइरिङ जस्ता संवेदनशील सूचना बाहिर जान थालेपछि यसले पेन्टागनमा नै समस्या उत्पन्न भएको युलिटले बताए। गत महिना दोस्रो पटक यमनमा आक्रमण गर्नका लागि हेगसेथले वरिष्ठ सैन्य अधिकारीसँग छलफल गर्ने क्रममा ग्रुप च्याटको समूह बनाइएको थियो।

हेगसेथले यो च्याट गर्ने क्रममा हुथीमाथि आक्रमणको योजना बनाइएको थियो। अमेरिकामा पछिल्लो समय यस्तो घटना भएको दोस्रो पटक हो। यसअघि ग्रुप च्याटमा एटलान्टिकका सम्पादकलाई राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले आबद्ध गरेका थिए।

यसअघि पनामा क्यालन र मध्यपूर्वमा सैन्य उपस्थिति सम्बन्धी योजना बाहिर आएपछि यसका बारेमा छानबिन भइरहेको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : १८ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा