गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास « Khabarhub

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक  प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना  विकाससम्बन्धी दुई दिने कार्यशाला आइतबार सम्पन्न भएको छ ।

कार्यशाला गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो । 

ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ,  प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ, प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए । 

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरेर आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ विकास गरेका थिए । 

सहभागीलाई जनस्वास्थ्य आपत्काल अवस्थाहरूको लागि समन्वय र सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब तथा स्याटलाइट अस्पताल सञ्जाललगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो । सहभागीले विकास गरिएका एचडिपिआरपि योजना परीक्षण गर्नका लागि ‘टेबलटप’ अभ्यास पनि गरेका थिए । 

यी योजनाहरू अब प्रत्येक अस्पतालमा लागू गरिने र कर्मचारीहरूलाई अद्यावधिक गरेर प्रभावकारी कार्यान्वयनको लागि मद्दत पुर्‍याइने तथा यसले तयारीमा सुधार ल्याउने जनाइएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । 

सो अवसरमा उनले स्वास्थ्य आपत्कालीन अवस्थालाई सम्बोधन गर्न पूर्व तयारी गरिएको जानकारी दिए ।  प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक  डा विकल श्रेष्ठ र डा सुवास न्यौपानेले प्रशिक्षण दिएका थिए । 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ५३ बजे

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने