भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने « Khabarhub

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने भ्रमणका क्रममा उपराष्ट्रपति भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । उनको भ्रमण दलका उनकी श्रीमती उषा भान्स पनि छन् । उषा भारतीय आप्रवासीकी सन्तान हुन् ।

इटालीको भ्रमण सकेर भान्स दम्पत्ति भारत पुगेका हुन् । इटालीको राजधानी रोममा रहँदा भान्सले ईस्टरका अवसरमा पोप फ्रान्सिससँग भेटवार्ता गरेको रोयटर्सले जनाएको छ ।

भारतमा रहँदा भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय अमेरिकाले व्यापार युद्ध शुरु गरेपछि भान्सको भारत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतलाई ‘भन्सार दुरुपयोगकर्ता’ को संज्ञा दिँदै आएका छन् । गत अप्रिल २ का दिन ‘मुक्ति दिवस’ का अवसरमा ट्रम्पले भारतीय सामानमा २६ प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए । पछि ट्रम्पले त्यसलाई १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेका थिए ।

भारत भ्रमणका क्रममा उपराष्ट्रपति भान्सले ताज महलको भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ । त्यसैगरी, उनले जयपुरमा आयोजना हुने एउटा विवाह समारोहमा पनि भाग लिने जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : ३५ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक