पोप फ्रान्सिसको निधन « Khabarhub

पोप फ्रान्सिसको निधन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गर्दै पोपको निधन भएको जानकारी दिएको हो । उनी ८८ वर्षका थिए । पोपको स्थानीय समयअनुसार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको भ्याटिकन न्यूजले जनाएको छ ।

यसअघि आइतबारमात्रै पोप सार्वजनिक रुपमा देखा परेका थिए । उनले ईस्टर सन्डेका दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए ।

सन् १९३६ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मेका उनी सन् २०१३ देखि रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरुका रुपमा निर्वाचित भएका थिए ।

उनी लामो समयदेखि निमोनिया र फोक्सको समस्याबाट ग्रसित थिए । हालैमात्र उनले लामो समय अस्पतालमा बिताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १ : ४९ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका