आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए « Khabarhub

आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीस दिनदेखि आन्दोलित शिक्षकहरूले घुसपैठ गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएका छन् ।

सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

शिक्षकहरूविरुद्ध नाराबाजी र अभिव्यक्ति दिँदै हिँडिरहेका ती पुरूषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । उनले निजी विद्यालयमा पहुँच भएका शिक्षकहरूले सरकारी विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएको आरोप लगाएका थिए ।

त्यसपछि उनलाई केही शिक्षकहरूले धकेल्दै हातपात प्रयास पनि गरे । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

उनले आफूलाई ललितपुरस्थित गोदावरी नगरपालिकाको बासिन्दा भनेका छन् । आफू सरस्वती माध्यमिक विद्यालयमा पढ्ने छोरीको बाबु भएको बताएका छन् । उनले आफूलाई सरोज महतका रुपमा चिनाएका छन् ।

उनले विद्यार्थीहरूको अभिभावकका रुपमा चिनाउँदै शिक्षक आन्दोलनविरुद्ध बोलेका थिए । निजी विद्यालयलाई पोस्ने गरी शिक्षकहरू सडकमा आएको आरोप उनको थियो ।

प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीमाथि शिक्षकहरूले हात हाल्दै धकेलेका थिए । ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकहरूको आन्दोलन अघि बढेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : १५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको