आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए « Khabarhub

आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीस दिनदेखि आन्दोलित शिक्षकहरूले घुसपैठ गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएका छन् ।

सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

शिक्षकहरूविरुद्ध नाराबाजी र अभिव्यक्ति दिँदै हिँडिरहेका ती पुरूषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । उनले निजी विद्यालयमा पहुँच भएका शिक्षकहरूले सरकारी विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएको आरोप लगाएका थिए ।

त्यसपछि उनलाई केही शिक्षकहरूले धकेल्दै हातपात प्रयास पनि गरे । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

उनले आफूलाई ललितपुरस्थित गोदावरी नगरपालिकाको बासिन्दा भनेका छन् । आफू सरस्वती माध्यमिक विद्यालयमा पढ्ने छोरीको बाबु भएको बताएका छन् । उनले आफूलाई सरोज महतका रुपमा चिनाएका छन् ।

उनले विद्यार्थीहरूको अभिभावकका रुपमा चिनाउँदै शिक्षक आन्दोलनविरुद्ध बोलेका थिए । निजी विद्यालयलाई पोस्ने गरी शिक्षकहरू सडकमा आएको आरोप उनको थियो ।

प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीमाथि शिक्षकहरूले हात हाल्दै धकेलेका थिए । ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकहरूको आन्दोलन अघि बढेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : १५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने