धनकुटाको महालक्ष्मीमा सबै बोर्डिङ बन्द, अन्य नगरबाट विद्यार्थी ओसार्ने गाडी छिर्न पनि प्रतिबन्ध « Khabarhub

धनकुटाको महालक्ष्मीमा सबै बोर्डिङ बन्द, अन्य नगरबाट विद्यार्थी ओसार्ने गाडी छिर्न पनि प्रतिबन्ध


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलित भइरहँदा धनकुटाको एउटा नगरपलिकाले रोचक निर्णय गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयले आफ्नो भूगोलभित्र निजी विद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त नगरका प्रमुख ध्रुवराज रायाले सोमबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले सामुदायिक विद्यालयहरट्ठको शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित यस्तो निर्णयमा पुगेको बताएका छन् ।

‘महालक्ष्मी नगरपालिकाभित्रका बालबालिकालाई सहज तथा गुणस्तरीय माध्यामिक शिक्षा प्रदान गर्ने उद्देश्यले अभिभावक तथा सरोकारवालाको समन्वयमा यस नगरभित्रका सम्पूर्ण निजि विद्यालय बन्द भइसकेका छन्’, रायाले भनेका छन्, ‘सामुदायकि विद्यालयहरूमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका व्यहोरा सर्वविदितै छ ।’

नगरपालिकाले शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिका बाहिरका निजी विद्यालयका स्कुल बस उक्त नगरको भूगोलभित्र प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । ‘अन्य नगरका निजी विद्यालयले यस नगरभित्र बस ल्याएर बालबालिकाहरु लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिकारभित्र कुनै पनि निजी विद्यालयका स्कुल बससहितका सवारी साधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको छ’, नगर प्रमुख रायाले भनेका छन् ।

रायाका अनुसार अहिले उक्त नगरभित्र एउटा पनि निजी विद्यालय छैनन् । उक्त नगरभित्र लेगुवा बजारसहितका धेरै जनसंख्या भएका क्षेत्र पर्दछन् । आफ्नो नगरभित्रका निजी विद्यालय पनि बन्द भएकाले अब अन्य नगरका बसलाई छिर्न रोकिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : १८ बजे

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा