धनकुटाको महालक्ष्मीमा सबै बोर्डिङ बन्द, अन्य नगरबाट विद्यार्थी ओसार्ने गाडी छिर्न पनि प्रतिबन्ध | Khabarhub Khabarhub

धनकुटाको महालक्ष्मीमा सबै बोर्डिङ बन्द, अन्य नगरबाट विद्यार्थी ओसार्ने गाडी छिर्न पनि प्रतिबन्ध


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलित भइरहँदा धनकुटाको एउटा नगरपलिकाले रोचक निर्णय गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयले आफ्नो भूगोलभित्र निजी विद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त नगरका प्रमुख ध्रुवराज रायाले सोमबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले सामुदायिक विद्यालयहरट्ठको शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित यस्तो निर्णयमा पुगेको बताएका छन् ।

‘महालक्ष्मी नगरपालिकाभित्रका बालबालिकालाई सहज तथा गुणस्तरीय माध्यामिक शिक्षा प्रदान गर्ने उद्देश्यले अभिभावक तथा सरोकारवालाको समन्वयमा यस नगरभित्रका सम्पूर्ण निजि विद्यालय बन्द भइसकेका छन्’, रायाले भनेका छन्, ‘सामुदायकि विद्यालयहरूमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका व्यहोरा सर्वविदितै छ ।’

नगरपालिकाले शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिका बाहिरका निजी विद्यालयका स्कुल बस उक्त नगरको भूगोलभित्र प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । ‘अन्य नगरका निजी विद्यालयले यस नगरभित्र बस ल्याएर बालबालिकाहरु लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिकारभित्र कुनै पनि निजी विद्यालयका स्कुल बससहितका सवारी साधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको छ’, नगर प्रमुख रायाले भनेका छन् ।

रायाका अनुसार अहिले उक्त नगरभित्र एउटा पनि निजी विद्यालय छैनन् । उक्त नगरभित्र लेगुवा बजारसहितका धेरै जनसंख्या भएका क्षेत्र पर्दछन् । आफ्नो नगरभित्रका निजी विद्यालय पनि बन्द भएकाले अब अन्य नगरका बसलाई छिर्न रोकिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : १८ बजे

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका