जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन « Khabarhub

जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा टिमबाट बाहिरिएपछि जितु नेपाल धमाधम फिल्म साइन गरिरहेका छन् । गत वर्ष मात्रै जितुको दुई फिल्म ‘ज्वाइँ साब’ र ‘कार्साङ’ प्रदर्शनमा आयो । 

यो वर्षको सुरुवातमा जितु नयाँ फिल्म ‘कार्की साइला’को छायाङ्कनमा निस्कने तयारीमा छ । यस फिल्मको सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ । 

फिल्मका केन्द्रीय कलाकार जितु र नायिका वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । यो फिल्मको छायाङ्कन भने वैशाख २० गतेबाट धनकुटामा सुरु हुने बताइएको छ । 

फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगगर, मनिल तामाङलगायतको अभिनय रहने बताइएको छ । अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक राजेन्द्र बस्नेतले बताए । 

निर्देशक बस्नेतका अनुसार यस फिल्मले भुईँ मान्छेको कथा उठान गरेको छ । यस फिल्मको शीर्ष पात्र भरिया रहेको उनले बताए ।

यस फिल्मको प्रस्तुतकर्ता कृष्णभगत चाम्लिङ हुन् । कर्णबहादुर फिल्मस्‌को ब्यानरमा बन्ने यस फिल्मको निर्माता भने बालकुमार राई हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : १२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान