योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू « Khabarhub

योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउने नै उल्टै पर्ने दाबी गरे । उनले यी दुई विमानस्थल निर्माणको फाइलमा आफ्नो एउटा पनि हस्ताक्षर देखाउन चुतौती दिएका हुन्।

समाजिक सञ्जालमार्फत् भनाइ सार्वजनिक गर्दै भट्टराईले आफूलाई यी दुई विमानस्थलको विवादमा मुछ्नेहरू नै पर्ने दाबी गरे । उनले त्यसको प्रमाण आफूसँग रहेको पनि बताएका छन् । ‘मलाई औँला उठाउनेहरू नै यी दुई विमानस्थल निर्माणको अनियमितता प्रकरणमा पर्नेवाला छन्। डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौँला’, उनले भनेका छन् ।

उनले भ्रष्टाचारको दलदलमा परेकाहरूले काँक्रा आफू खाएर बियाँ अर्काको निधारमा टाँस्न खोजेको पनि बताए । ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितिको दलदलमा जाकीएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले भनेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ ।’

भट्टराईले २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्नसमेत भट्टराईले चुनौती दिएका छन् ।

‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थलबारे मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २८ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि