योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू « Khabarhub

योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउने नै उल्टै पर्ने दाबी गरे । उनले यी दुई विमानस्थल निर्माणको फाइलमा आफ्नो एउटा पनि हस्ताक्षर देखाउन चुतौती दिएका हुन्।

समाजिक सञ्जालमार्फत् भनाइ सार्वजनिक गर्दै भट्टराईले आफूलाई यी दुई विमानस्थलको विवादमा मुछ्नेहरू नै पर्ने दाबी गरे । उनले त्यसको प्रमाण आफूसँग रहेको पनि बताएका छन् । ‘मलाई औँला उठाउनेहरू नै यी दुई विमानस्थल निर्माणको अनियमितता प्रकरणमा पर्नेवाला छन्। डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौँला’, उनले भनेका छन् ।

उनले भ्रष्टाचारको दलदलमा परेकाहरूले काँक्रा आफू खाएर बियाँ अर्काको निधारमा टाँस्न खोजेको पनि बताए । ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितिको दलदलमा जाकीएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले भनेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ ।’

भट्टराईले २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्नसमेत भट्टराईले चुनौती दिएका छन् ।

‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थलबारे मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने