दुर्गा प्रसाईंको बैंक खाताबाट शंकास्पद कारोबार भएको दाबी, तत्काललाई सर्वोच्चको राहत « Khabarhub

दुर्गा प्रसाईंको बैंक खाताबाट शंकास्पद कारोबार भएको दाबी, तत्काललाई सर्वोच्चको राहत


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय हिन्दु राज्य र राजा फर्काउने अभियानमान रहेका दुर्गा प्रसाईंको खाताबाट शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान थालिएको छ ।

प्रसाईंको बैंक खातामा शंकास्पद कारोबार पाइएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको हो ।

नेपाल राष्ट्र बैंकले प्रसाईंको खातामा शंकास्पद कारोबार पाइएको भन्दै अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकको पत्राचारसँग सीआईबीले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

तीनकुनेको हिंसात्मक घटनापछि चैत २८ गते पक्राउ परेका प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनीमाथि राज्यविरुद्धको कसुरसहित आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई सोमबार दोस्रो पटक म्याद लिन अदालत लगिएको छ ।

उता सर्वोच्च अदालतले दुर्गा प्रसाईं सञ्चालकका रुपमा रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न सोमबार अन्तरिम आदेश दिएको छ ।

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी प्रदर्शनपछि फरार भएका जनकमाण्डर प्रसाईं चैत २८ गते भारतको आसामबाट पक्राउ परेका थिए ।

राजावादीको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको घटनाका प्रमुख दोषीका रुपमा प्रसाईं छन् ।

चैत १५ गते सवारी साधन, सरकारी कार्यालय, भाटभटेनी सुपरमार्केटसहित सञ्चारगृहमा पनि तोडफोड भएको थियो । आन्दोलनका क्रममा प्रसाईंका कार्यकर्ताले तीनकुनेस्थित एउटा घर पनि जलाएका थिए ।

तीनकुने घटनाका मुख्य अभियुक्त उनै प्रसाईंको व्यक्तिगत बैंक खातासमेत प्रहरीले रोक्का गरिदिएको थियो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालसहितको रोक्का गरिएको खाता अदालतले खोलिदिएको हो ।

खाता रोक्का हुँदा बीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट डा. अञ्जली कार्कीले रिट हालेकी थिइन् ।

उनले नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहितलाई विपक्षी बनाएकी थिइन् । सर्वोच्चले खाता रोक्का गरिएकोमा विपक्षीका नाममा कारण देखाउन पनि भनेको छ।

ती रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार अस्पतालका दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ४७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि