दुर्गा प्रसाईंको बैंक खाताबाट शंकास्पद कारोबार भएको दाबी, तत्काललाई सर्वोच्चको राहत « Khabarhub

दुर्गा प्रसाईंको बैंक खाताबाट शंकास्पद कारोबार भएको दाबी, तत्काललाई सर्वोच्चको राहत


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय हिन्दु राज्य र राजा फर्काउने अभियानमान रहेका दुर्गा प्रसाईंको खाताबाट शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान थालिएको छ ।

प्रसाईंको बैंक खातामा शंकास्पद कारोबार पाइएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको हो ।

नेपाल राष्ट्र बैंकले प्रसाईंको खातामा शंकास्पद कारोबार पाइएको भन्दै अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकको पत्राचारसँग सीआईबीले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

तीनकुनेको हिंसात्मक घटनापछि चैत २८ गते पक्राउ परेका प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनीमाथि राज्यविरुद्धको कसुरसहित आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई सोमबार दोस्रो पटक म्याद लिन अदालत लगिएको छ ।

उता सर्वोच्च अदालतले दुर्गा प्रसाईं सञ्चालकका रुपमा रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न सोमबार अन्तरिम आदेश दिएको छ ।

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी प्रदर्शनपछि फरार भएका जनकमाण्डर प्रसाईं चैत २८ गते भारतको आसामबाट पक्राउ परेका थिए ।

राजावादीको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको घटनाका प्रमुख दोषीका रुपमा प्रसाईं छन् ।

चैत १५ गते सवारी साधन, सरकारी कार्यालय, भाटभटेनी सुपरमार्केटसहित सञ्चारगृहमा पनि तोडफोड भएको थियो । आन्दोलनका क्रममा प्रसाईंका कार्यकर्ताले तीनकुनेस्थित एउटा घर पनि जलाएका थिए ।

तीनकुने घटनाका मुख्य अभियुक्त उनै प्रसाईंको व्यक्तिगत बैंक खातासमेत प्रहरीले रोक्का गरिदिएको थियो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालसहितको रोक्का गरिएको खाता अदालतले खोलिदिएको हो ।

खाता रोक्का हुँदा बीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट डा. अञ्जली कार्कीले रिट हालेकी थिइन् ।

उनले नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहितलाई विपक्षी बनाएकी थिइन् । सर्वोच्चले खाता रोक्का गरिएकोमा विपक्षीका नाममा कारण देखाउन पनि भनेको छ।

ती रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार अस्पतालका दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ४७ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि