अमेरिकी निर्देशक वेसले ‘कान्स’मा गरे ट्रम्पको फिल्म ट्यारिफ नीतिको व्यङ्ग्य « Khabarhub

अमेरिकी निर्देशक वेसले ‘कान्स’मा गरे ट्रम्पको फिल्म ट्यारिफ नीतिको व्यङ्ग्य


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी रहेको यस वर्षको कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अमेरिकी निर्देशक वेस एन्डरसनले विदेशी फिल्ममा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्प सरकारको नीतिको व्यङ्ग्य गरेका छन् ।

एन्डरसनको ‘द फोनिसियन स्किम’ नामक फिल्म कान्समा सहभागी भएको छ । यो फिल्मको छायाङ्कन जर्मनीमा गरिएको छ ।

देश बाहिर बनेका फिल्ममा १०० प्रतिशत आयात शुल्क लागाउने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले केही महिनाअघि मात्रै घोषणा गरेको थियो ।

सोहीकारण कान्समा आफ्नो फिल्मको पत्रकार सम्मेलनमा उनले ट्रम्पको उक्त नीतिको खुलेर व्यङ्ग्य गरेका हुन् ।

उनले भने, ‘के फिल्मलाई भन्सारमा रोक्न सकिन्छ त ? फिल्म अन्य सामान जसरी ढुवानी हुने सामग्री त होइन नि !’

उनको असन्तुष्टि यतिमै रोकिएन । उनले थपे, ‘यदि ट्यारिफ लाग्यो भने सारा पैसा सिधै राष्ट्रपति आफैँले लिनेछन् । अनि हामीले के पाउँछौँ त ? मलाई यो विषय निकै जटिल लाग्छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे ५ मा सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘अमेरिकाको चलचित्र उद्योग अहिले एकदमै डरलाग्दो गतिमा पतन हुँदैछ ।… अबदेखि विदेशमा निर्माण भएर हाम्रो देशमा आउने जुनसुकै चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने प्रक्रिया तुरुन्त सुरु गरियोस् । हामी फेरि अमेरिकामै बनेका चलचित्रहरू चाहन्छौँ ।’

फिल्म निर्देशक वेस एन्डरसनको टिप्पणीले अन्तर्राष्ट्रिय फिल्म समुदायमा यस्तो शुल्कले पार्न सक्ने नकारात्मक प्रभावको विषयमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् ।

विश्व समुदायका निर्देशक तथा निर्माताहरुले ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी सहकार्य र वितरण प्रणालीमा बाधा आउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १४ बजे

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का