अमेरिकी निर्देशक वेसले ‘कान्स’मा गरे ट्रम्पको फिल्म ट्यारिफ नीतिको व्यङ्ग्य « Khabarhub

अमेरिकी निर्देशक वेसले ‘कान्स’मा गरे ट्रम्पको फिल्म ट्यारिफ नीतिको व्यङ्ग्य


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी रहेको यस वर्षको कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अमेरिकी निर्देशक वेस एन्डरसनले विदेशी फिल्ममा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्प सरकारको नीतिको व्यङ्ग्य गरेका छन् ।

एन्डरसनको ‘द फोनिसियन स्किम’ नामक फिल्म कान्समा सहभागी भएको छ । यो फिल्मको छायाङ्कन जर्मनीमा गरिएको छ ।

देश बाहिर बनेका फिल्ममा १०० प्रतिशत आयात शुल्क लागाउने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले केही महिनाअघि मात्रै घोषणा गरेको थियो ।

सोहीकारण कान्समा आफ्नो फिल्मको पत्रकार सम्मेलनमा उनले ट्रम्पको उक्त नीतिको खुलेर व्यङ्ग्य गरेका हुन् ।

उनले भने, ‘के फिल्मलाई भन्सारमा रोक्न सकिन्छ त ? फिल्म अन्य सामान जसरी ढुवानी हुने सामग्री त होइन नि !’

उनको असन्तुष्टि यतिमै रोकिएन । उनले थपे, ‘यदि ट्यारिफ लाग्यो भने सारा पैसा सिधै राष्ट्रपति आफैँले लिनेछन् । अनि हामीले के पाउँछौँ त ? मलाई यो विषय निकै जटिल लाग्छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे ५ मा सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘अमेरिकाको चलचित्र उद्योग अहिले एकदमै डरलाग्दो गतिमा पतन हुँदैछ ।… अबदेखि विदेशमा निर्माण भएर हाम्रो देशमा आउने जुनसुकै चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने प्रक्रिया तुरुन्त सुरु गरियोस् । हामी फेरि अमेरिकामै बनेका चलचित्रहरू चाहन्छौँ ।’

फिल्म निर्देशक वेस एन्डरसनको टिप्पणीले अन्तर्राष्ट्रिय फिल्म समुदायमा यस्तो शुल्कले पार्न सक्ने नकारात्मक प्रभावको विषयमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् ।

विश्व समुदायका निर्देशक तथा निर्माताहरुले ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी सहकार्य र वितरण प्रणालीमा बाधा आउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १४ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा