आज २०८२ साल जेठ ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ७ गते बुधबारको राशिफल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मे २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षामा प्रगति हुनेछ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइ विपक्षी कित्तामा पुगेकाले सचेत बनेर काम गर्नुपर्नेछ। आफ्नै कामबाट असन्तुष्टि बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ।

सिंह : परिवारसँग घुमघामको अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। आज दीर्घकालीन योजना अगाडि नबढाउनु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्राप्त सेवाको अवसरको सदुपयोग गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मकर : धनलक्ष्मी योग परेको छ। प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित स्थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।

कुम्भ : दिन राम्रो छ। मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। औषधी नियमित गर्न नसक्दा रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।

मीन : सञ्चित धन खर्च हुने दिन छ। शरीरमा आलश्यता बढ्नेछ। काममा ढिलासुस्ती हुने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ०३ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको