आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक « Khabarhub

आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक

चेन्नई ६ विकेटले पराजित


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई सुखद् बनाएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।

यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो।

मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो। चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे । राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ०८ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त