गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी « Khabarhub

गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

गाजा – संयुक्त राष्ट्र संघले गाजामा अझै कुनै राहत वितरण नभएको बताएको छ। राहत वितरण नहुँदा भोकमरीको समस्या बढ्दै जानुको साथै चरम मानवीय संकट उत्पन्न भएपछि राहत बोकेका केही ट्रक प्रवेश गर्न भने थालेका छन्।

मंगलबार ९३ ट्रकले सीमा पार गरे पनि राहत वितरण भने हुन सकेको छैन। पिठो, बालबालिकाका लागि खानेकुरा र स्वास्थ्योपचारका सामग्री लिएर ती ट्रक पुगेका हुन्।

राष्ट्र संघले बताए अनुसार राहत सीमाबाट पार भए पनि सम्बन्धित स्थानमा प्रवेशका लागि इजरायलको सहयोग खोजिरहेको छ।

अहिले गाजामा अति आवश्यक वस्तुको समस्या समाधान गर्न कम्तीमा दैनिक ६ सय ट्रक राहत आवश्यक पर्ने बताइएको छ। राष्ट्र सङ्घका टम फ्लेटचरले तत्काल राहत वितरण नभए ४८ घण्टा भित्रमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएका छन्।

विश्वव्यापी रूपमा दबाब उत्पन्न भएपछि इजरायलले आइतबार अति आवश्यक विषयलाई प्रवेश गर्न दिइने जनाएको थियो।

गाजाको अवस्था सहन नै नसक्ने भएका कारण व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले बताएका छन्। स्टेइमरले त्यहाँको अवस्था स्वीकार गर्न नै नसकिने भएको बताए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ३९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली