गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी « Khabarhub

गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

गाजा – संयुक्त राष्ट्र संघले गाजामा अझै कुनै राहत वितरण नभएको बताएको छ। राहत वितरण नहुँदा भोकमरीको समस्या बढ्दै जानुको साथै चरम मानवीय संकट उत्पन्न भएपछि राहत बोकेका केही ट्रक प्रवेश गर्न भने थालेका छन्।

मंगलबार ९३ ट्रकले सीमा पार गरे पनि राहत वितरण भने हुन सकेको छैन। पिठो, बालबालिकाका लागि खानेकुरा र स्वास्थ्योपचारका सामग्री लिएर ती ट्रक पुगेका हुन्।

राष्ट्र संघले बताए अनुसार राहत सीमाबाट पार भए पनि सम्बन्धित स्थानमा प्रवेशका लागि इजरायलको सहयोग खोजिरहेको छ।

अहिले गाजामा अति आवश्यक वस्तुको समस्या समाधान गर्न कम्तीमा दैनिक ६ सय ट्रक राहत आवश्यक पर्ने बताइएको छ। राष्ट्र सङ्घका टम फ्लेटचरले तत्काल राहत वितरण नभए ४८ घण्टा भित्रमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएका छन्।

विश्वव्यापी रूपमा दबाब उत्पन्न भएपछि इजरायलले आइतबार अति आवश्यक विषयलाई प्रवेश गर्न दिइने जनाएको थियो।

गाजाको अवस्था सहन नै नसक्ने भएका कारण व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले बताएका छन्। स्टेइमरले त्यहाँको अवस्था स्वीकार गर्न नै नसकिने भएको बताए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ३९ बजे

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका