मिथिलानी ‘वट सावित्री’ पर्वको तयारी गरिँदै  « Khabarhub

मिथिलानी ‘वट सावित्री’ पर्वको तयारी गरिँदै 


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आगामी सोमबार अटल सौभाग्यको कामना गर्दै  वट सावित्री पर्व मनाउँदै छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका नारीहरू (मिथिलानीहरू) विभिन्न तयारीमा लागेका छन् ।

मिथिलानीहरू अहिले आआफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्नमा व्यस्त छन् ।

पर्व आउन अब एक साता मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्‍वर नगरपालिका– १ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गरेको छ । जहाँ महिला बाँसको पङ्खा र डालो किनिरहेको देख्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न शृङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको छ ।

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरी लगायत तराई, मधेसका महिलाले सोमबार वट सावित्री पर्व मनाउने जलेश्‍वर नगरपालिका– १ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाइत पावइन’ भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन ( वट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरकफरक विधिअनुसार मनाउने चलन छ ।

नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराली (श्रीमानको घर) मै मनाउनुपर्छ ।

नवविवाहिताले पर्वको लागि नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्रश्रृङ्गार अर्थात  लाउने लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर (वट)को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् ।

उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गरिन्छ । (रासस)

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : २६ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष