‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ « Khabarhub

‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको व्यापारिकरुपमा सफल ‘होस्टल–३’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गेरेको छ ।

निर्देशक सशान कँडेलले बुधबार एक थिम पोस्टर सार्वजनिक गरी फिल्म ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरेका हुन् ।
थिम पोस्टरले यो फिल्मले दुई पुस्ताको मत भिन्नताको कथा उठान गर्ने बुझाउँछ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्म ‘एक्स जेनेरेसन’ र ‘जेड जेनेरेसन’को फरक सोचलाई फिल्ममा रोचक र गहन ढंगले उतारिनेछ ।

फिल्मका लेखक माधव शर्मा भन्छन्, ‘नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थता हामीले पर्दामा उतार्न खोजेका हौं ।’

वर्तमान समयमा बुवा र छोराबीचको भौतिक दूरीसँगै सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्र भागमा राखेर फिल्मको कथा लेखिएको उनले बताए ।

यो फिल्ममा पनि माधव र निर्देशक सशान कँडेलले सहकार्य गर्दैछन् । यो उनीहरुको दोस्रो सहकार्य हो । उनीहरुको पहिलो सहकार्य ‘होस्टल–३’मा भएको थियो, जुन फिल्मले ५१ दिन मनाएको थियो ।

‘होस्टल–३’मा जस्तै यस फिल्मको कथा निर्देशक कँडेलको हो भने स्क्रिप्ट शर्माले लेखेका हुन् ।

‘बाउ भर्सेस छोरा’को कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले बताएको छ । यो र छायाङ्कन र प्रदर्शन मिति चाँडै सार्वजनिक गर्न तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

सम्मान इन्टरटेन्मेन्टको व्यानरमामा बन्ने यो फिल्मको कार्यकारी निर्माता शंकर कोइराला रहेको बताइएको छ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ०९ बजे

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय