हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग « Khabarhub

हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

हङकङ– आदिवासी जनजातिको बाक्लो उपस्थिति रहेको हङकङमा साकेला उभौली तथा किरात संवत् (येलेदोङ) ५०८५ धुमधामपूर्वक मनाइएको छ । किरात राई यायोक्खाको आयोजनामा ताई तोङ डाँडास्थित वार्विक्यू स्पोटमा सम्पन्न कार्यक्रममा किरायाको मुखपत्र यलम्बरको २३ औँ अङ्क लोकार्पण गरिएको थियो । 

मुखपत्रमा किरात राईहरूको संस्कार संस्कृतिमा कुविमी (धामी)को महत्वका विषयमा विद्वानहरूका अनुसन्धानमूलक लेख समेटिएको छ ।  किरात राई प्रज्ञा प्रतिष्ठानले वर्षेनी किरात सभ्यता र संस्कृतिको कुनै एक विषयमा अनुसन्धानमूलक विशेषाङ्क प्रकाशित गर्दै आएको छ । 

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापामगरले  हङकङबासी नेपाली संघसंस्थाहरूले गर्ने सांस्कृतिक कार्यक्रमका लागि निश्चित स्थान उपलब्ध गराउन माग गरे । 

सांस्कृतिक पर्वले विदेशी भूगोलमा पनि जन्मभूमिको माटोसँग भावनात्मक सम्बन्ध गाँस्न मद्दत पुग्ने उनको धारणा थियो ।  

त्यस्तै हङकङस्थित महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले नेपालका किरात राईहरूले हङकङ जस्तो अति व्यस्त र भौतिक सुख सुविधायुक्त सहरमा पनि मौलिक संस्कृतिप्रति देखाएको स्नेह अनुकरणीय रहेको बताए । 

आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर राई, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, गैरआवासीय नेपाली संघका प्रतिनिधि अनु राई, यायोक्खा मकाउका अध्यक्ष केशव राई, किरात याक्थुम चुम्लुङका प्रतिनिधि लक्ष्मी पान्धक, किरात याक्खा छुम्माकी प्रतिनिधि लीला देवान राई र किरात सुनुवार समाजका अध्यक्ष राम सुनुवारले सांस्कृतिक सेतूका रुपमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । 

किरात राईहरूको मौलिक भेषभुषामा सजिएर आएका सयौँ सहभागीहरूले साकेला सिलीमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । नयाँपुस्ताका किशोरकिशोरीहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

मैत्रकुमार राईले साकेला थानमा प्रकृतिको पूजा आराधना गरेपछि शुरु सिलीमा संस्थापक कोषाध्यक्ष नरजित राईले नेपालबाट ल्याएको ढोल उपहार दिएका थिए । 

प्रकृति पूजक किरात राईहरूले वर्षको दुई पटक प्रकृतिको पूजा आराधना गरी साकेला सिली नाच्दै वैशाखे र मङ्सिरे पूर्णिमामा उभौली र उँधौली मनाउने गर्दछन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : १६ बजे

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र