हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग | Khabarhub Khabarhub

हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

हङकङ– आदिवासी जनजातिको बाक्लो उपस्थिति रहेको हङकङमा साकेला उभौली तथा किरात संवत् (येलेदोङ) ५०८५ धुमधामपूर्वक मनाइएको छ । किरात राई यायोक्खाको आयोजनामा ताई तोङ डाँडास्थित वार्विक्यू स्पोटमा सम्पन्न कार्यक्रममा किरायाको मुखपत्र यलम्बरको २३ औँ अङ्क लोकार्पण गरिएको थियो । 

मुखपत्रमा किरात राईहरूको संस्कार संस्कृतिमा कुविमी (धामी)को महत्वका विषयमा विद्वानहरूका अनुसन्धानमूलक लेख समेटिएको छ ।  किरात राई प्रज्ञा प्रतिष्ठानले वर्षेनी किरात सभ्यता र संस्कृतिको कुनै एक विषयमा अनुसन्धानमूलक विशेषाङ्क प्रकाशित गर्दै आएको छ । 

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापामगरले  हङकङबासी नेपाली संघसंस्थाहरूले गर्ने सांस्कृतिक कार्यक्रमका लागि निश्चित स्थान उपलब्ध गराउन माग गरे । 

सांस्कृतिक पर्वले विदेशी भूगोलमा पनि जन्मभूमिको माटोसँग भावनात्मक सम्बन्ध गाँस्न मद्दत पुग्ने उनको धारणा थियो ।  

त्यस्तै हङकङस्थित महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले नेपालका किरात राईहरूले हङकङ जस्तो अति व्यस्त र भौतिक सुख सुविधायुक्त सहरमा पनि मौलिक संस्कृतिप्रति देखाएको स्नेह अनुकरणीय रहेको बताए । 

आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर राई, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, गैरआवासीय नेपाली संघका प्रतिनिधि अनु राई, यायोक्खा मकाउका अध्यक्ष केशव राई, किरात याक्थुम चुम्लुङका प्रतिनिधि लक्ष्मी पान्धक, किरात याक्खा छुम्माकी प्रतिनिधि लीला देवान राई र किरात सुनुवार समाजका अध्यक्ष राम सुनुवारले सांस्कृतिक सेतूका रुपमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । 

किरात राईहरूको मौलिक भेषभुषामा सजिएर आएका सयौँ सहभागीहरूले साकेला सिलीमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । नयाँपुस्ताका किशोरकिशोरीहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

मैत्रकुमार राईले साकेला थानमा प्रकृतिको पूजा आराधना गरेपछि शुरु सिलीमा संस्थापक कोषाध्यक्ष नरजित राईले नेपालबाट ल्याएको ढोल उपहार दिएका थिए । 

प्रकृति पूजक किरात राईहरूले वर्षको दुई पटक प्रकृतिको पूजा आराधना गरी साकेला सिली नाच्दै वैशाखे र मङ्सिरे पूर्णिमामा उभौली र उँधौली मनाउने गर्दछन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : १६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय