१० महिनामा पौने १५ खर्बको आयात, ७२ प्रतिशतले बढ्यो निर्यात « Khabarhub

१० महिनामा पौने १५ खर्बको आयात, ७२ प्रतिशतले बढ्यो निर्यात


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालमा पौने १५ खर्बको वस्तु आयात भएको छ । 

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

विभागकाअनुसार समीक्षा अवधिमा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै आयात डिजेल र निर्यातमा सोयाबिन तेल

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै मूल्यको आयात डिजेलको भएको छ । 

समीक्षा अवधिमा नेपालमा एक खर्ब दुई अर्ब ३८ करोड ९७ लाख ७५ रुपैयाँ बराबरको डिजेल आयात भएको विभागले जनाएको छ । 

त्यस्तै, दोस्रो धेरै मूल्य बराबरको आयातमा ८१ अर्ब ८९ करोड ६३ लाख आठ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र तेस्रो धेरै मूल्य बराबरको आयातमा ५३ अर्ब पाँच करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोल रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको निर्यात हुने पहिलो वस्तुमा सोयाबिन तेल र त्यसको कच्चा पदार्थ रहेको छ । १० महिना अवधिमा नेपालबाट ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १० अर्ब नौ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको कच्चापदार्थ र आठ अर्ब ८४ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : ३२ बजे

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला