विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा « Khabarhub

विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा


७ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यगमन कार्यालयबाट मंगलबार मात्रै मन्त्रालयमा तानिएका उनलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो ।

विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा भट्टराई व्यापक मात्रामा पैसा उठाएको गुनासो आएको थियो।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरेर लगेको हो ।

भट्टराई तानिएपछि विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भइसकेका छन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक रहेका भट्टराईलाई नौ महिनाअघि विमानस्थलको प्रमुख बनाइएको थियो।

विमानस्थल मालदार अड्डाका रूपमा चिनिन्छ । अवैध रुपमा पैसा उठाउने कार्यालयका रुपमा विमानस्थल अध्यागमन कार्यालय बदनाम छ ।

विमानस्थलमा अनधिकृत रुपमा उठाएको पैसालाई नै लिएर यसअघि नायब सुब्बाहरूबीच विवाद भएको थियो । त्यहीक्रममा एकजना कम्प्युटर अपरेटर झगडा झिकेका थिए । त्यसपछि ती नायब सुब्बा र कम्प्युटर अधिकृतको सरुवा भइसकेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ५ : २९ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं