बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ « Khabarhub

बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउनुपर्ने बताएका छन् ।

जुनसुकै बेला पनि बिजुली गएर दिक्का भएका उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश पोख्दै ऊर्जामन्त्रीलाई हटाउन बरू आन्दोलन गर्नुपर्ने बताएका छन् ।

ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको पनि उनले जिकिर गरेका छन् ।

‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ’, उनले भनेका छन्, ‘त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेसले र प्रधानमन्त्रीले हो । तर उनीहरूले हटाउने छाँट देखिएन । बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो ।’

उनले वीरगञ्ज कृषि औजार कारखानामा र राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा झ्याप झ्याप बत्ती गइरहेकाले आफूहरू हैरान भएको पनि बताएका छन् ।

‘झ्याप-झ्याप बत्ती गएर भाइ-बहिनीहरूले काम गर्न पाउदैनन्’, उनले भनेका छन्, ‘१५ केभीए र ३० केभीएको डिजेल जेनेरेटर चलाएर काम गर्नु परिरहेको छ। त्यसो हुँदा रिस नउठेर के माया लाग्छ त मन्त्रीको ?’

यता ऊर्जामन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याले बत्ती गए पनि लोडसेडिङ नहुने जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ३६ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको