नयाँ गभर्नरलाई मन पराएन शेयर बजारले, ७.९४ अंकले घट्यो नेप्से
नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा विश्वनाथ पौडेल नियुक्ति भएको भोलिपल्ट आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको हो ।
आज नेप्से ७.९४ अंकले घटेको छ । नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६६९.५१ अंकमा झरेको हो । नेप्से ओरालो लागेसँगै नेप्सेको पुँजीकरण पनि ०.२९ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९३ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै एउटा कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
गौरवको आयोजना ६ वर्षदेखि अलपत्र बनेपछि बनाइयो वैकल्पिक मार्ग
१० महिनामा पौने १५ खर्बको आयात, ७२ प्रतिशतले बढ्यो निर्यात

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालमा पौने १५ खर्बको वस्तु आयात भएको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
विभागकाअनुसार समीक्षा अवधिमा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यगमन कार्यालयबाट मंगलबार मात्रै मन्त्रालयमा तानिएका उनलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो ।

विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा भट्टराई व्यापक मात्रामा पैसा उठाएको गुनासो आएको थियो।
भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरेर लगेको हो ।
भट्टराई तानिएपछि विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भइसकेका छन् ।
गभर्नरपछि निर्वाचन आयोगमा भागबण्डाको तयारी, बाहिरबाटै प्रमुख आयुक्त ल्याइने
सत्तारुढ दलबीच डेढ महिनाको गलफत्ती साम्य भएलगत्तै नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर पाएको छ । अब गभर्नरपछि कांग्रेस–एमाले नेतृत्वको ध्यान निर्वाचन आयोगको प्रमुख आयुक्त कसको भागमा पार्ने भन्नेतर्फ केन्द्रित भएको छ । कांग्रेसले गभर्नर लिएरपछि प्रमुख आयुक्त आफ्नो दलले पाउनुपर्ने एमाले नेताहरुको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गत बैशाख २३ मा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसलाई गभर्नर दिन प्रधानमन्त्री ओली तयार रहेको बताएका थिए । त्यही सहमतिअनुसार कांग्रेसको कोटाबाट डा. विश्वनाथ पौडेल मंगलबार गभर्नर बनेका हुन् ।
उता निर्वाचन आयोग डेढ महिनादेखि कार्यवाहकका भरमा चलिरहेको छ । आफ्नै नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका रामप्रसाद भण्डारीले कार्यवाहक निर्वाचन आयुक्त चलाइरहेका छन् ।
एक प्रमुख निर्वाचन आयुक्त र चार जना आयुक्तहरु रहने निर्वाचन आयोगमा हाल तीनजना मात्रै पदाधिकारी कार्यरत छन् । एक प्रमुख आयुक्त र एकजना आयुक्तको पद रिक्त छ ।
नागरिक निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर पौडेल
गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने
प्रतिक्रिया